कपिलवस्तु ।
कपिलवस्तुमा चैत धान खेती सुरु गरिएको छ । चैतै धान खेतीलाई प्रोत्साहित sगर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कपिलवस्तुबाट चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत सो खेती गरिएको हो ।
आर्थिक वर्ष ०८१-०८२को विनियोजित बजेट बाट १४ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको परियोजनाले जनाएको छ । परियोजनाको कपिलवस्तु इकाई प्रमुख राकेश ओझाले कपिलवस्तुका ३ पालिकाका १६ कृषकहरूले १४ हेक्टरमा चैते धान लगाएको बताए ।
बाणगंगा नगरपालिका वडा नम्बर ११ का ७, १० का ४, २ का १ ३ का १ वडा नम्बर ६ का १, वडा नम्बर ९ का १, बुद्धभुमी नगरपालिका वडा नम्बर ३ टाकुमा १ तथा कपिलवस्तु नगरपालिका वडा नम्बर ११ नैनपुराका १ कृषकले चेते धान खेती सुरु गरेका हुन ।
गत वर्ष २ कृषकले ढाई हेक्टरमा चेत धान लगाएका थिए । धानको बीउमा ५० प्रतिशत अनुदान र सिचाईमा ८५ प्रतिशत अनुदान दिइएको प्रमुख ओझाले बताए । हर्दिनाथ एफ वान जातको धान रोपिएको हो ।
प्रतिक्रिया