मायादेवी अनलाइन, शुद्धोधन ।
कपिलवस्तुमा टिकटकमा पेस्तोल देखाई भिडियो बनाउने एक जना पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाँउपालिका ६ महादेव बस्ने २१ वर्षिय रघुबिन्द यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
यादवले बैशाख ६ गते पेस्तोल देखाउँदै आफ्नो टिकटक एकाउन्टमा भिडियो पोस्ट गरेका थिए । उनलाई इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । यादव माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मोहन मणि अधिकारीले बताएका छन् ।
८ बैशाख २०८२ सोमबार ००:००
204
Shares
प्रतिक्रिया