१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु



दाङ ।

दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र अर्को एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। दश जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

कृष्णनगरबाट लमहीतर्फ जाँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा परेको हो। दुर्घटनामा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम-ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले बताए। घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ।

तीव्र गतिका कारण बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२ शुक्रबार ००:००  ८ : ४४ बजे