१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

सिरहामा चट्याङ लागेर किसानको मृत्यु



सिरहा ।

सिरहामा चट्याङ लागेर एक जना किसानको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका–६, भोक्राहाका ४५ वर्षीय बेचन रोहिताको चट्याङ लागेर मृत्यु भएको हो ।

आफ्नै गहुँको खेतमा बिहीबार बेलुका काम गरिरहेका बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२ शुक्रबार ००:००  ७ : १५ बजे