१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

पत्रकार महासंघ कपिलवस्तुद्धारा भित्ते पात्रो बिमोचन



मायादेवी अनलाइन, तौलिहवा ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुले शाखाले नयाँ वर्ष २०८२ को भित्तेपात्रे विमोचन गरेको छ । बिहिवार महासंघको भवन तौलिहवामा नयाँ वर्ष २०८२ शुभकामना आदानप्रदान कार्यक्रमकाबीच महासंघको भित्ते पात्रो विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष नारायण प्रसाद पौडेलले नयाँ वर्षको अवसरमा सम्पूर्णमा शुभकामना ब्यक्त गरे । पौडेलले अब पत्रकार बनाउने भन्दा पनि टिकाउन तर्फ लाग्नु पर्ने बताए । देशको कमजोर अर्थब्यबस्थाका कारण अहिले सरकार देखि सबै संरचना संकटमा परेको बताए ।

हाल जिल्लामा संचालित सन्चार माध्यमहरु संकटमा रहेको भन्दै रेडियो तथा पत्रपत्रिकाहरुलाई मर्ज गरेर लैजान सुझाव दिए । यदि अहिले रेडियो तथा पत्रपत्रिकालाई मर्ज गरेर नलगेमा यो समस्या बढ्दै जाने उनाई छ । पहिले प्रतिस्पर्धा तथा भावनामा बहकिएर संचार माध्यम खोल्दा अहिले टिकाउन गाह्रो भएको बताए ।

यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले पत्रकार तथा यहाका मिडियाको प्रबर्द्धनका लागि महासंघ प्रतिबद्ध रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष मनोज पौडेल, लुम्बिनी प्रदेस निवर्तमान अध्यक्ष वसन्त गिरी, महासंघ कपिलवस्तु पुर्व अध्यक्ष किरणमान बज्राचार्य लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा भित्ते पात्रो समितीका संयोजक खग प्रसाद चापागाईं, पत्रकार जानु पाण्डे, गणेश पोख्रेल, मनिस कार्की लगाएतले मन्तब्य राख्दै नयाँ बर्षको अवसरमा शुभकामना दिएका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष दीपा महतले स्वागत मन्तब्य राखेकी थिन भने संचालन सचिव सनिउल्ला धोबीले गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२ बिहिबार ००:००  १ : १६ बजे