१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

पारिजातद्धारा नतिजा प्रकाशन, उत्कृष्ट विद्यार्थीलाई सम्मान



मायादेवी अनलाइन, जितपुर ।

पारिजात ईंलिस बोर्डिङ स्कुलले नतिजा प्रकाशन गर्नुका साथै अभिभावक दिवस मनाएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ मा अवस्थित उक्त विद्यालयले बुधबार एक भब्य कार्यक्रमकाबीच नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा बोल्ने वक्ताले पारिजातलाई जिल्ला, प्रदेशको मात्र नभई देशकै उत्कृष्ट शैक्षिक गन्तब्य बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा शैक्षिक धरोहर टिकाराम नेपालले पारिजात स्कुलले पारिजात फूलले जसरीनै शिक्षा क्षेत्रमा सुगन्ध छर्दै जानुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा ४० वर्ष ब्यतित गर्नुभएका ७५ वर्षिय खनालले स्थापना देखि अहिलेसम्म आउँदा विद्यालयले धेरै फट्को मारेको बताउनुभयो ।
जिल्लामा शैक्षिक गुणस्तरमा सकरात्मक प्रभाव छाड्न सफल पारिजातलाई यो गरिमालाई जोगाउँदै अगाडी बढ्न सुझाव दिनुभयो ।
आफुले अध्ययापन गराएका विद्यार्थीले अहिले सोही विद्यालयको कुशल नेतृत्व गरेको देख्दा खुसी लागेको भन्दै विद्यालयको शैक्षिक विकासमा विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष, प्रिन्सीपल लगाएत समग्र शिक्षकहरुको मेहेनत रहेको स्मरण गराउनुभयो ।


विद्यालयले पढाईसंगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय गराएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिनुभयो । विद्यालयले विद्यार्थीको नतिजा हेरेर आगामी दिनमा विद्यालयलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । अहिले प्रतिस्पर्धाको समयमा पनि पारिजातले आफ्नो गुणस्तरमा ह्रास आउन नदिएको बताउनुभयो ।
यस्तै विद्यालयका संस्थापक अध्यक्ष बसन्तराज खनालले पारिजातले विद्यार्थीको मनोभावना बुझेर सोही वातावरणमा अध्यापन गराउँदै आएको बताउनुभयो । विद्यार्थीको अहोरात्र मेहेनतले सफलता प्राप्त हुने भन्दै अध्ययनशिल बन्न सुझाव दिनुभयो । विद्यालयले खेलकुदसंगै अतिरिक्त क्रियाकलापलाई पनि विशेष प्राथामिकता दिएको भन्दै यसलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा संचालक समिती सदस्य यमलाल भट्राई, अभिभावक अन्जित खनाल लगाएतले बोल्दै पारिजात संगै उत्तिर्ण सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो । साथै पारिजातले दक्ष विद्यार्थी उत्पादन गरेको भन्दै त्यस्ता उदाहरण ब्याप्त रहेको बताएका थिए ।
विद्यालयका प्राचार्य भोजराज पोख्रेलले पारिजातले अन्य विद्यालय भन्दा भिन्दै तरिकाले अभिभावक दिवस मनाउनुका साथै नतिजा प्रकाशन गरेको बताउनुभयो । विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि उत्तिर्ण हुने विद्यार्थीलाई पनि पुरस्कृत गरेको उहाको भनाई छ । यसका साथै विभिन्न प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई पनि सम्मान गरेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयले शिक्षा क्षेत्रमा ४० वर्ष विताउनुभएका शैक्षिक धरोहर टिकाराम नेपाललाई प्रमुख अतिथी बनाएर पारिजातको गरिमालाई थप उचोमा पुर्याएको भन्दै प्रशंसा गरेका थिए ।


कार्यक्रममा विद्यार्थी आशिका भारतीले शिक्षक सम्बन्धी कविता वाचन गर्नुभएको थियो भने उसु प्रशिक्षक भगत गुरुङले उसु खेलको महत्वबारे प्रकास पार्दै सरकारले पनि उसुलाई वास्ता नगरेको बताउनुभयो । स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने भन्दै खेलकुदलाई पनि संगसंगै लैजानुपर्ने बताउनुभयो ।


कार्यक्रममा प्रथम, द्धितिय, तृतिय सान्त्वना संगै उर्तिण हुने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो त्यसैगरी विभिन्न सांस्कृतिक नृत्य तथा उसुकै डेमो पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन विद्यालयका भाइस प्रिन्सिपल रमेश पाण्डेले गर्नुभएको थियो । पाण्डेले पारिजातका विद्यार्थीले जिल्लामा भएका विभिन्न प्रतियोगितामा पारिजातका विद्यार्थीले पनि सहभागीता जनाउदै उत्कृष्ट भएको बताउनुभयो । साथै खेलकुदलाई महत्व दिँदै विद्यालयमा २ वर्ष देखि कराते संचालन गरिएको बताउनुभयो ।

प्रकाशित मिति : ३ बैशाख २०८२ बुधबार ००:००  ९ : १६ बजे