५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजदेखि अनलाइनबाट



काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट प्रदान गर्ने भएको छ ।

गएको वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले निरन्तरता दिन नसके पनि आजदेखि यो सेवालाई निरन्तरता दिइएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयले सूचना निकालेर आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले दिने अरु सेवाहरु पनि आउँदो जेठ १५ गतेदेखि अनलाइनबाटै सञ्चालन हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २ बैशाख २०८२ मंगलबार ००:००  ११ : २२ बजे