९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर बालकको ज्यान गयो



काठमाण्डौ ।

गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर बालकको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–६ का १५ वर्षीय राजेश कुमालको सिस्तुङमा रहेको छल्दी खोलामा नुहाउने क्रममा डुबेर हिजो ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

खोला नुहाउन भनेर गएका कुमाल पानीमा डुबेको थाहा पाएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ बैशाख २०८२ मंगलबार ००:००  १० : ४० बजे