११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जना घाइते



काठमाण्डौ ।

गुल्मीको कालीगण्डकी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

सत्यवती गाउँपालिकाबाट कालीगण्डकीको पुर्तीघाटतर्फ जाँदै गरेको लु ३ च ६४५६ नम्बरको जीप गएराती कालीगण्डकी –४ सैरेनीमा भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा कालीगण्डकी गाउँपालिका –५ फोक्सिङ्का ४१ वर्षीय क्षेत्र बहादुर थापा, १६ वर्षीय दिपेन्द्र राना र २२ वर्षीय कृष्ण राना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईतेहरुको मिसन अस्पताल तानसेन पाल्पामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२ मंगलबार ००:००  १० : ३६ बजे