२० बैशाख २०८२, शनिबार | Sun May 4 2025

मुम्बइसँग दिल्ली १२ रनले पराजित



काठमाडौं ।

इन्डियन प्रिमियर लिगमा मुम्बइ इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १२ रनले हराएको छ। हारपछि दिल्लीले शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन चुक्यो।

पहिलो हार बेहोरेको दिल्ली ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ। गुजरात भने शीर्ष स्थानमा उक्लियो। दोस्रो जितपछि मुम्बई चार अंकसहित सातौँ स्थानमा उक्लियो।

दिल्लीको अरुण जेट्ली रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अल आउट हुँदै १९३ रन बनायो।

दिल्लीको लागि करुन नायरले सर्वाधिक ८९ रन बनाए। अभिषेक पोरेलले ३३ रनको योगदान गरे मुम्बईका करन शर्माले तीन विकेट हात पारे।

यसअघि मुम्बइका लागि तिलक बर्माले ३३ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे। रायन रिकेल्टनले ४१, सूर्यकुमार यादवले ४०, नमन धिरले अविजित ३८ र रोहित शर्माले १८ रन बनाए।

दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले समान दुई तथा मुकेश कुमारले एक विकेट लिए।

प्रकाशित मिति : १ बैशाख २०८२ सोमबार ००:००  ८ : ११ बजे