भोजपुर ।
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गुडिरहेको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गएराति पल्टिंदा भोजपुर–५ का वडा सदस्य ५२ निरप्रसाद फुयाँल र त्यही ठाउँका भक्तबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया