कपिलवस्तु ।
राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटी कपिलवस्तुको अध्यक्षमा बलराम खनाल चयन भएका छन् । संगठनको दोस्रो अधिवेशनबाट अध्यक्षमा खनाल सहित ३५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (एमाले) कपिलवस्तुका ईन्चार्ज गिरधारिलाल न्यौपानेले पार्टीलाई मजबुत र बलियो बनाउनका लागि जनवर्गिय संगठनको अहम भुमिका रहेको बताए । पार्टीका केन्दिय सदस्य समेत रहेका नेता न्यौपानेले संगठन विस्तारमा जोड दिनुपर्ने बताए ।
न्यौपानेले युवाहरु परिवर्तनका सम्वाहक भएकाले सम्पुर्ण युवाहरु समाज सुधार तर्फ लाग्नुपर्नेमा जोड दिए । पार्टीका केन्दिय निर्वाचन आयोगका सदस्य झबिलाल पोख्रल, पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनाल, प्रदेश कमिटी सदस्य डम्मर शर्मा, चक्रपाणि अर्याल, संगठनका केन्दिय स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज धनु अधिकारी, पार्टीका नगर कमिटी अध्यक्ष सोमनाथ अर्याल, लगायतले मन्तब्य दिदैं संगठनलाई बलियो बनाउनुपर्ने बताए ।
बन्द शत्रमा संघका अध्यक्ष कमल घिमिरेले संगठनको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय युवा संघ नेपालका जिल्ला ईन्चार्ज तेजेन्द्र पाण्डे, सह ईन्चार्ज गोपालमणि ज्ञवालि, जिल्ला अध्यक्ष तिलक गिरि, प्रेस चौतारि नेपाल कपिपलवस्तुका अध्यक्ष बाबुराम रायमाझि लगायत अन्य पदाधिकारि, सदस्य लगायत नगरका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम नगर कमिटीका सचिव टंक पाण्डेको संचालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया