२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ



काठमाडौं ।

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

बाणगंगा नगरपालिका १ बैरियाका गंगाराम थारुलाई बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाश थारुको लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा खानतलासी गर्दा गंगारामको घरमा बन्दुक फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१ शनिबार ००:००  ११ : २९ बजे