हरि अधिकारी, कपिलवस्तु ।
नेपाल एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने अभियान शुरु भएको छ । विगतमा एकीकरण अभियानको संरक्षण सम्बन्धी अभियान भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यही चैत्र २८ गते गोरखाबाट शुरु भई पदमार्गमा पर्ने ऐतिहासिक स्थानहरु केलादीघाट, बीरकोट, बाकुमगढी, माथागढी, अमरनारायण मन्दिर, श्री ७ रणउजिरेश्वरी मन्दिर, दोभान, नुवाकोट गढी हुँदै बैशाख ७ गते जितगढी पुगेर तेस्रो गोरखा जितगढी पदयात्रा कार्यक्रम समापन हुने भएकाे छ।
एकिकरण पदयात्रा कार्यक्रम अन्तरगत “हाम्रा बीर पुर्खाहरुले प्रदर्शन गरेका बहादुरी, देशको स्वाधनिताको रक्षार्थ पुरयाएको योगदान र बीरताको जानकारी अहिलेको युवा पुस्ता विशेषगरी विद्यार्थीहरुलाई जानकारी गराउनु अभियानको उद्देश्य छ । उक्त “एकिकरण पद यात्राको चाहना, राष्ट्रिय एकताको भावना”जागृत गराउनु रहेको छ।
तत्कालिन प्रधानमन्त्री भीमसेन थापाको समयमा पाल्पा राज्यलाई नेपाल राज्यमा एकीकरण गरिनुको साथै नेपालको सिमाना पूर्वमा भारतको टिष्टा नदी र पश्चिममा सतलज नदीसम्म पुर्याउन नेपाली सेना सफल भएको थियो । ई.सं. १८१४ मा भएको नेपाल अंग्रेज विरुद्ध जितगढीको लडाईमा अंग्रेजको दोस्रो प्रयासलाई नेपाली सेनाका ५ वटा प्रथम कम्पनिको फौजले रणकौसलता पूर्वक विजय हासिल गरेको थियो । युद्धमा विरता देखायका विर योद्धा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा अग्रेजलाई हराएका दिन विजय उत्सवको रुपमा मनाउने तथा ईतिहासका गौरवशाली विम्ब र धरोहरहरुलाई सम्वर्धन तथा प्रवर्धन गर्नुका साथै ईतिहासलाई दिर्घकालिनको रुपमा जिवन्त राख्न गोरखा जितगढी पदयात्रा कार्यक्रमको थालनी भएको श्री तारादल गणका गणपति सुवर्ण खड्काले जानकारी दिनु भएको छ।
वैशाख ७ गते उक्त पदयात्रा टोली नुवाकोटगढी देखि जीतगढी सम्म पुग्ने कार्यक्रम रहेको श्री तारादल गण, रामनगर व्यारेक बुटवलका गणपति प्रमुख सेनानी सुवर्ण खड्काले जानकारी दिनुभयो । नुवाकोट गढीमा पदयात्रा टोलीलाई स्वागत गरी एकीकरणको दौरानमा स्थापना भएका नेपाली सेनाको पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा र राष्ट्रिय झण्डा हस्तान्तरण, झण्डा सलामी दिई उक्त टोलीलाई गणेश मन्दिरबाट बाजागाजा सहित जितगढी तर्फ प्रस्थान गर्नेछ । जितगढीमा नेपाली सेनाको सम्मानगारत टोलीले कर्णेल उजिरसिंह थापाको शालिकमा सलामी तथा पुष्पहार अर्पण पश्चात मंचमा भेला भई जितगढी विजयोत्सव कार्यक्रम समापन हुनेछ । जितगढीमा आउने उक्त पदयात्रा श्री बुटवल उपमहानगरपालिका र श्री तारादल गणको समन्वय तथा सहकार्यमा संचालन हुनेछ।

प्रतिक्रिया