१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025

विद्युत प्राधिकरण तौलिहवाले संचालनमा ल्यायो थप तीन ११ केभि फिडर



मायादेवी अनलाइन, बाणगङ्गा ।

विद्युत प्राधिकरण तौलिहवाले तीन वटा नयाँ ११ केभि फिडर संचालनमा ल्याएको छ ।

प्राधिकरण तौलिहवाका अनुसार नयाँ संचालनमा ल्याइएका फिडरमा जितपुरमा दुई वटा, मोतिपुर गृडमा एक वटा रहेका छन् ।

प्राधिकरणका प्रादेशिक प्रमुख हरि प्रसाद पाण्डेले यी नयाँ फिडरको उद्धाटन गरेका थिए ।

नयाँ फिडर संचालनमा आएपछि आम उपभोक्तामा सहजता आउने बिश्वास लिइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१ शुक्रबार ००:००  ८ : ०२ बजे