२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

पत्रकारितालाई मर्यादित र विश्वस्नीय बनाउनुपर्नेमा जोड



दीपा महत, तौलिहवा ।

पत्रकारिता पेशालाई मर्यादित र विश्वासिलो बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । मंगलबार नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा स्थापना दिवसको अवसरमा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले पत्रकारिता पेसालाई मर्यादित र ब्यवस्थीत बनाएर लैजानुपर्ने आजको आवश्यक्ता रहेको बताए ।

हिजोको दिनमा पत्रकारप्रति जनताको जुन विश्वास र सम्मान थियो त्यो अहिले हराउँदै गएकोमा चिन्ता ब्यक्त गरे । पत्रकारिता संग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै मेयर अर्यालले वास्तविक पत्रकारको संरक्षण गरेर लैजानुपर्ने बताए । जिल्लाका पत्रकार एकजुट हुन नसक्दा बाहिरी जिल्लाकाले हेप्ने गरेको भन्दै उनिसंग प्रतिस्प्रधा गरेरै अगाडी बढ्न सुझाए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास बन्जाडेले पत्रकार महासंघ कपिलवस्तुलाई २२ औं स्थापना दिवसको अवसरमा शुभकामना दिंदै पत्रकारिताले समाजमा सकरात्मक संदेश प्रवाह गर्नुपर्ने बताए ।

यस्तै वरिष्ठ पत्रकार नारायण प्रसाद पौडेलले कपिलवस्तुमा पत्रकारिताको इतिहास बारे प्रस्ट पारेका थिए । पौडेलले पहिलेको समयमा पत्रकारले बोलेका र लेखेका कुरा समाजले धुर्व सत्य मान्य र यो पेशालाई आदर सम्मान र बिश्वास गर्ने गरेको स्मरण गराए । पौडेलले भने, ‘‘पहिले पत्रकार भनेपछि तस्कर डराउदथे, जमिन्दारी प्रथा हाबी थियो पठनीय संस्कृती थिएन तर पत्रकारलाई सबैले मान्दथे अहिले पत्रकार संख्यात्मक रुपमा बढेपनि गुणत्मक विकास हुन सकेको छैन् ।’’ अब पत्रकारको क्षमता वृद्धी गराउँदै यस पेशामा टिकाउनुपर्ने बताए ।

यस्तै संस्थापक सदस्य शशि सापकोटाले कपिलवस्तुको पत्रकारिताको इतिहास र त्यो समयको चुनौतीका बारेमा प्रस्ट पारेका थिए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जिल्लामा शुद्धिकरणको अभियानका क्रममा केहि सक्रिय पत्रकार पनि छुटेको भन्दै उनिहरुलाई पनि समाबेश गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रेस सेन्टरका कोषाध्यक्ष तथा पत्रकार महासंघका निर्वतमान प्रदेश अध्यक्ष बसन्त गिरी, पत्रकार महासंघ कपिलवस्तुका निर्वतमान अध्यक्ष किरणमान बज्राचार्य, प्रेस चौतारिका जिल्ला अध्यक्ष बाबुराम रायमाझी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष दीपा महतले स्वागत मन्तब्य राखेकी थिइन् भने संचालन सहसचिव नारद कोहारले गरेका थिए ।
यसैबीच महासंघ कपिलवस्तुले स्थापना दिवसको अवसरमा संचारकर्मीको निःशुल्क आँखा जाँच गरेको छ । आँखा मानव जीवनको संबेदनशील अंग भएकाले संचारकर्मीको निःशुल्क आँखा परिक्षण गरिएको महासंघका अध्यक्ष डिलाराम भुसालले बताए ।


नेपाल नेत्रज्योती संघ तौलिहवा कपिलवस्तुको समन्वयमा भएको उक्त आँखा शिविरमा दर्जनबढी पत्रकारले आँखा जाँच गराएका थिए । सोही अवसरमा अवधी पत्रकार संघको क्यालेन्डर बिमोचन गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८१ मंगलबार ००:००  ८ : ५६ बजे