मायादेवी अनलाइन, बुद्धभूमि ।
अर्घाखाँचीको शितगंगा नगरपालिका १३ निवासी आश्ना नेपाली जिसी ५ दिनदेखि सम्पर्क बिहिन भएकी छन् । यहि चैत्र २२ गते शितगंगा १३ कल्लेरीबाट साइन रेसुगा बैंक अमराई आएकी आश्ना ५ दिन देखि सम्पर्कमा नआउदा परिवार चिन्तित बनेको छ । आश्नाले साथमा ४ वर्षिय छोरा आकाशलाई पनि साथमा लगेकी थिइन् आश्नासंगै छोरापनि सम्पर्कबिहिन भएपछि परिवारले खोजीकार्यका लागि याचना गरेको छ ।
उता श्रीमती सहित छोरा ५ दिनसम्मपनि सम्पर्कमा नआउँदा श्रीमान डुकलाल बिसी थप चिन्तामा छन् । डुकलाल बैदेशिक रोजगारीका लागि हाल कुवेतमा छन् । डुकलालले भने, बिहान राम्रै संग कुराकानी भएको थियो, आश्ना पैशा निकाल्न अमराई आइन् ३ बजेसम्म मोबाइलमा कुराकानी भएको थियो त्यसपश्चात आश्नाको मोबाइल स्विच अफ भयो र अहिलेसम्म पनि सम्पर्क हुन सकेको छैन् ।
श्रीमती र छोरा एकाएक सम्पर्कबिहिन भएपछि चिन्ताका कारण आफु डिउटी पनि जान नसकेको डुकलालले बताए । श्रीमती आश्ना र छोरा आकाशलाई कहि कतै भेटेमा सम्पर्क गरिदिन सबैलाई अनुरोध गरेका छन् । आश्नाले अर्का छोरा हिमालाई भने घरमै छाडेर गएकी थिइन् । उनको नागरिकतामा नाम आश्ना भएपनि उनलाई वर्षा भनेर बोलाउने गरेको श्रीमान डुकलालले बताए ।
यता भाउजु सम्पर्कबिहिन भएको भोलिपल्ट अर्थात चैत्र २३ गते नै शितगंगा प्रहरी चौकीमा उजुरी दिएपनि अहिलेसम्म आश्ना सम्पर्कमा आएकी छैनन् । आश्नाको फोन पनि स्विच अफ छ । भाउजु र छोरालाई कहि कतै भेटेमा नजिकको प्रहरी कार्यालय वा ९७६८८४४६६१, ९७४५४१५८८० र ९८१७५८६९२९ मा सम्पर्क गरिदन परिवारले आग्रह गरेको छ । यता प्रहरीले भने खोजीकार्य भैरहेको जनाएको छ ।
प्रतिक्रिया