काठमाडौं ।
नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड अब यातायात बन्द गरेरै निर्माण गरिने भएको छ ।
यसका लागि २७ देखि ३१ चैतसम्म दिनको ११ देखि ३ बजेसम्म र १ वैशाखदेखि १५ वैशाखसम्म राति ११ देखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको छ । यसैबीच आयोजनाले यातायात बन्द हुने समयमा सवारीसाधन रोक्ने स्थान सार्वजनिक गरेको छ ।
नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक सवारीसाधन होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ । मालवाहक सवारी भने चोरमारा–अरुणखोला खण्डमा रोक्न सकिने भएको छ ।
पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड बन्द हुँदा कुन बाटो प्रयोग गर्ने ?
त्यस्तै बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक सवारी भने चिसापानी–बर्दघाट खण्डमा रोक्न पाइने छ । मालवाहक सवारी भने ज्यामिरे–हकुई खण्डमा रोक्न सकिने आयोजनाले जनाएको छ ।

रोकिने सवारीसाधनले सवारी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न समेत भनिएको छ ।
प्रतिक्रिया