३० चैत्र २०८१, आइतबार | Sun Apr 13 2025

सिटिजन बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर, एक सय ५० बढीले सेवा लिए



मायादेवी अनलाइन , जितपुर ।

सिटिजन बैंक लिमिटेड जितपुरले आयोजना गरेको निःशुल्क स्वास्थ शिविरबाट एक सय ५० बढीले स्वास्थ्य सेवा लिएका छन । सामाजिक उत्तरदायित्व अन्तरगत आइतबार युनाइटेड हस्पिटलमा सम्पन्न शिविर बाट डेढ सय जना लाभान्वित भएको बैंकका जितपुर शाखा प्रबन्धक नवीन भुसालले बताए ।

सिटिजनले यस अघि पनि बिपन्न परिवारलाई न्यानो कपडा बितरण गर्नुका साथै शैक्षिक सामग्री वितरण गर्दै आएको भन्दै यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए ।

शिबिरमा वाणगङ्गाका विभिन्न वडा बाट आएका नागरिक लाई मेडिकल अफिसर सन्दीप राउत र विपि सर्जन डाक्टर पुर्ण बहादुर घर्तीसहितको टिमले स्वास्थ्य जाँच गरेको थियो । सिटिजन बैंकको आयोजना रहेको शिविर युनाइटेड हस्पिटलको सहकार्यमा भएको हो ।

प्रकाशित मिति : २३ चैत्र २०८१ आइतबार ००:००  ५ : ३० बजे