२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

आज यी प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं ।

पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावलेदेशका पहाडी भूभागमा आंशिक बदली छ।

बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू९भागका एक९दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१ आइतबार ००:००  ८ : २८ बजे