२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

काट्न तयार रहेको गहुँ खेतमा आगलागीः साढे नौ लाख बराबरको क्षती



मायादेवी अनलाइन, यशोधरा ।

कपिलवस्तुको यशोधरा गाउँपालिका ४ पोखरभिटवास्थित काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी भएको छ।

स्थानीय हजरत अलीको खेतबाट सुरु भएको आगोले २५ कृषकको गहुँबाली नोक्सानी भएको हो। कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगले आगलागी नियन्त्रणमा आएको बीओपी डंगरीका सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटाले बताए।
गहुँबारीमा आगलागी हुँदा स्थानीय १८ जनाको तयारी अवस्थामा रहेको गहुँ जलेर नष्ट भएको छ । आगलागी बाट ९ लाख ४२ हजार ५ सय बराबरको गहुँ जलेर नष्ट भएपाि पशुचौपाया र मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुमा आगलागीका घटना बढ्न थालेका छन् । पछिल्लो २ दिनमा मात्र जिल्लामा ४ वटा आगलागीका घटना भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१ शनिबार ००:००  ८ : १२ बजे