२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

रविलाई भैरहवा ल्याइँदै, सोमबार मात्रै कारागार पठाइने



बुटवल ।

काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान ९ बजे बुद्ध एयर मार्फत भैरहवा ल्याइने भएको छ ।

शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई गएराति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो ।

रवि लामिछानेका सहयोगी अभिनास आचार्यले अहिले ९ बजे बुद्ध एयरबाट भैरहवामा पठाउने जानकारी आएको रातोपाटीलाई बताए ।

रुपन्देही एसपी रञ्जित सिह राठौरले आज ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिने र अदालत खुलेपछि जिल्ला कारागार भैरहवा पठाउने रातोपाटीलाई बताए ।

आज र भोलि सार्वजनिक विदा छ । त्यस कारणले सोमबारसम्म रवि जिल्ला प्रहरी कार्यालयको हिरासतमा बस्नुपर्ने छ । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश दिएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८१ शनिबार ००:००  ८ : २० बजे