काठमाडौँ ।
पश्चिम नेपालमा तीन मिनेटभित्रै भूकम्पको दुईवटा धक्का महसुस गरिएको छ। जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार राति भूकम्प गएको हो। शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५।२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
उक्त भूकम्प गएको लगत्तै ८ बजेर १० मिनेटमा ५।५ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पका कारण मानिस घरबाहिर बाटो र खुला चौरमा निस्किएका छन्। भूकम्पको धक्का छिमेकी जिल्ला सल्यान‚ दाङ र बाँकेसम्म महसुस गरिएको थियो।
प्रतिक्रिया