बाबुराम रायमाझी ।
कपिलवस्तुको वाणगंगा ९ अवस्थित अमृते सामुदायिक बन उपभोक्ता समूह भर्तापुरद्वारा संचालित तीन दिने क्षमता विकास र नेतृत्व विकास तालिम सम्पन्न भएको छ। तालिममा सामुदायिक बनका कार्यसमिति, विषयगत समिति, संघसंस्थाका प्रतिनिधी गरी ५० जना सहभागीता रहेको थियो । सामुदायिक बनका पदाधिकारी सदस्य तथा उपभोक्ताको क्षमता अद्धिवृद्धि गरी संस्थागत तथा बन विकासमा टेवा पुरयाउने उद्देश्यले तालिम संचालन गरिएको थियो । बन व्यवस्थापनमा सकृय बन्दै नेतृत्व विकास, सुशासन तथा जवाफदेहीता, संचार तथा सिप विकास, काम, कर्तब्य र अधिकार लगाएतका विषयमा सहजीकरण गरिएको थियो । तालिमको सहजकर्ता गिता अर्याल र गोपाल गिरिले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमको समापन समारोहमा समूहका सल्लाहकार र प्रमुख अतिथि हरिराज घिमिरेले तालिमको महत्व र यसको प्रभावकारीताबारे आफ्ना विचार व्यक्त गर्दै भने, “तालीममा सिकेका कुरा व्यवहारमा उतार्नु अत्यन्त जरुरी छ। यदि तालिममा प्राप्त ज्ञान र सीपलाई व्यावहारिक रूपमा प्रयोग गरिन्छ भने मात्र यसको वास्तविक सार्थकता हुने छ।”
कार्यक्रममा प्रेस चौतारीका जिल्ला अध्यक्ष बाबुराम रायमाझीले पनि मन्तव्य राख्दै सामुदायिक बन व्यवस्थापनमा सहभागिता जनाउने उपभोक्ताको भूमिकाबारे चर्चा गरेका थिए। त्यस्तै, मनकला गिरि, कृष्णकला अधिकारी, राम प्रसाद भुसाल लगायतका सहभागीहरूले पनि आफ्नो अनुभव र विचार व्यक्त गरे।
तालिमको प्रमुख अतिथि हरिराज घिमिरेको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। समुहका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमको सन्चालन समुहका सचिव मिना सिंजापतीले गरेकी थिइन् ।
तालिमको उद्घाटन वाणगंगा नगरपालिका वडा न. ९ का वडा अध्यक्ष कमल प्रसाद पौडेलले गरेका थिए । ३ दिने तालिमले समुदायमा नेतृत्व विकास र सहभागिता बढाउने काममा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया