काठमाडौं ।
चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भाटभटेनीमा लुट्न पसेकाहरूलाई भाटा हान्दै खेद्ने सुरक्षा गार्डलाई भाटभटेनीले सम्मान गरेको छ।
भाटभटेनीले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख ११ हजार १ सय ११ नगद र पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेको हो। उनलाई अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले सम्मानसहित चेक प्रदान गरेका हुन्।
उक्त प्रदर्शनका क्रममा बाहिरिएका भिडियोहरूमा भाटभटेनी भित्र पसेर लुट्ने र लुट्न खोज्नेलाई उनले लठ्ठीले हान्दै धपाएका थिए। भाटभटेनीले सो समयमा खटिएका अन्य गार्डलाई पनि सम्मान गरेको हो।
भाटभटेनीले उक्त तोडफोड तथा लुटपाटबाट ८० लाख बराबरको क्षति भएको जनाएको छ।
प्रतिक्रिया