चारनम्बर । कपिलबस्तुकाे श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूह बाणगंगाले प्रहरीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरेको छ ।
विहिबार सामुदायिक वनले चारनम्बरमा भएको लागु अाैषध सचेतना सम्बन्धी प्रभातफेरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय र शसस्त्र वेस क्याम्प पिपरालाई २/२ ओटा अग्नि नियन्त्रण यन्त्र (फायर ईक्सटिङ्ग्वीसर) हस्तान्तरण गरेको वनका अध्यक्ष सुसिलसिंह ठकुरीले जानकारी दिए ।
वनको बार्षिक स्वीकृत कार्यक्रमको विपद व्यवस्थापन अन्तर्गत अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरिएको उनले जानकारी दिए । आगलागीका घटना नियन्त्रणमा सघाउने पुर्याउने उद्देश्यले सुरक्षाकर्मीलाई उपकरण हस्तान्तरण गरेको उनले बताए ।
उनले आगलागीका घटना बढ्दै गएको भन्दै वनले दिएको सामग्रीले आगो नियन्त्रण गर्न ठूलो टेवा पुग्ने बताए । अग्नि नियन्त्रण अभावमा धेरै ठाउँमा आगोले ठूलो क्षति पु¥याएको उनको भनाइ छ ।
वनकी सचिव सुष्मा खाँणले आगलागीबाट हुने विपद्को घटना न्यूनिकरण गर्न यो सामाग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
उनले गर्मी मौसममा आगोको उच्च जोखिम हुने हुँदा सो नियन्त्रणमा सहयोग पुगोस् भनेर उक्त उपकरण उपलब्ध गराईएको बताईन् । उक्त उपकरण हस्तान्तरण कार्यक्रममा वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया