१८ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025

नक्कली कागजात पेश गरे अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध लाग्न सक्ने



काठमाण्डौ ।

अमेरिकी दूतावासले अमेरिकी भिसा लिनका लागि गलत विवरण वा नक्कली कागजात पेश गरेमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धका साथै आपराधिक मुद्दा लाग्न सक्ने चेतावनी दिएको छ ।

नेपालमा रहेको दूतावासले सूचना निकालेर अमेरिकी भिसा लिने धुनमा गलत विवरण नदिन सचेत गराएको हो । पछिल्लोपटक ठगी र नक्कली कागजातसम्बन्धी घटनाका प्रवृत्ति र प्रविधिबारे दूतावास जानकार रहेको सूचनामा उल्लेख छ ।

यसैबीच थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले म्यानमारको मेवाडीबाट चार जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ । कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नजानका लागि पनि दूतावासको अनुरोध छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१ बिहिबार ००:००  १२ : ३० बजे