१८ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025

खरबुजा बेचेर एकै सिजनमा ६ लाख बढी आम्दानी



दीपा महत, तौलिहवा ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० चेतरादेहिका राकेश केवट र गोलु बराइले खरबुजा बेचेर मन्य आम्दानी गरेका छन् । केवट र बराई दुबैजना मिलेर रामघाट नदीको छेउमा खरबुजा बेच्दछन् । सडकको छेउमै खरबुजा राखेपछि त्योबाट भएर आउजाउ गर्नेले त्यहाबाट खरबुजा किन्ने गरेका छन् । त्यहा खरबुजा किन्नेको भिडभाड देख्न सकिन्छ ।

करिव डेढ लाख लगानी लगाएर ब्यवसाय सुरुगरेका उनिहरुले थोक देखि होलसेल मुल्यमा विक्रि गर्ने गर्दछन् ।
अहिले ५० रुपैया फुटकर मुल्यमा खरबुजा प्रतिकेजी पाउन सकिन्छ ।

उनिहरुले गर्मीको सिजनमा करिव ढाई महिनासम्म खरबुजा बेच्ने गर्दछन् भने अन्य समयमा पनि सिजन अनुसारका फलफुल तथा तरकारी बेच्ने गरेको राकेश केवट बताउछन् ।

’अब खरबुजाको सिजन लगत्तै आँपको सिजन सुरुहुन्छ त्यहापनि हामीले बगैँचा ठेक्कामा लिएर आपँको विक्रिवितरण गर्ने गर्दछौं ।‘
अहिले गर्मीको सिजनमा सिजनल फल मानिने खरबुजाको माग पनि उच्च छ । यसबाट दैनिक २५ देखि ३० हजार सम्म कमाई हुन्छ त्यसमा एकजनालाई ४ देखि ५ हजारसम्म नाफा हुने गरेको छ ।
अहिले उनिहरुले कपिलवस्तु नगरपालिका ३ मोतीनगरबाट खरबुजा ल्याउने गरेका छन् । एक पटकमा ३० देखि ४० क्विन्टल सम्म आउने गर्दछ ।
शरिरको लागि पनि स्वास्थ्यबद्र्धक मानिने खरबुजा स्वथ्यका लागि गुणकारी मानिन्छ ।
यी हुन खरबुजाका फाइदै फाइदा
तपाइँलाई कब्जियतको समस्या छ ? यदि त्यसो हो भने खरभुजा खान थाल्नुहोस् । खरभुजामा हुने पर्याप्त फाइबरले कब्जियतको समस्या कम गर्न मद्दत गर्दछ ।
यसका अलावा खरभुजामा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, क्लोरिन, सोडियम तथा सल्फर पनि प्रसस्त मात्रामा पाइन्छ ।
खरबुजाको नियमित सेवनले उमेरसँगै आँखाको ज्योति घट्ने समस्यालाई पनि कम गरिदिन्छ । यस्तो समस्यालाई म्याकुलर डिजेनेरेसन भनिन्छ । खरबुजामा पाइने बिटा क्यारोटिन तत्वले आँखाको ज्योतिलाई घट्नबाट बचाउँदछ । खरभुजाका अन्य फाइदा यस्ता छन् ।
नियमित रुपमा खरबुजा खानाले मृगौला स्वस्थ रहन्छ । यसमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्टका साथै विभिन्न खाले भिटामिन पाइन्छ । साथै खरभुजामा पर्याप्त पानी हुन्छ ।
शोध अनुसार खरभुजामा हुने विशेष तत्वले मानिसलाई फोक्सोको क्यान्सरको जोखिम कम गर्दछ ।
-खरबुजामा एडेनोसिन नामको एन्टीकोगुलेन्ट तत्व पाइन्छ । जसले रक्तकोशिकामा रगत जम्ने जोखिम कम गर्दछ । यसबाट -मुटुरोगको खतरा कम हुन्छ ।
-खरबुजामा पाइने भिटामिन बी ले सरीरमा उर्जा निर्माणमा सहयोग गर्दछ ।
-खरभुजामा कागती मिलाएर खानाले बाथरोगमा लाभ मिल्दछ ।
-तपाइँ अक्सर तनावमा रहनुहुन्छ भने गर्मी महिनामा खरबुजा खान नबिर्सनुस् । किनकी खरबुजामा पर्याप्त मात्रामा पोटासियम पाइन्छ र यसले रक्तसंचारलाई सन्तुलित बनाउने तथा उच्च रक्तचाप रोक्न मद्दत गर्दछ । खरबुजामा पाइने भिटामिन सी तथा -बिटा क्यारोटिन पनि रोगप्रतिरोधी क्षमता विकाश गर्न सहयोगी हुन्छ ।
-वजन कम गर्नका लागि पनि खरबुजाको नियमति सेवन निकै उपयोगी हुन्छ । यसमा पर्याप्त पानी तथा फाइबर पाइन्छ ।
-छालामा रुखोपनाको समस्या भएमा नियमित रुपमा खरबुजाको सेवन गर्नु लाभदायी हुन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१ बिहिबार ००:००  १२ : २६ बजे