१८ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025

अर्घाखाँचीमा बस दुर्घटनामा तीन जनाको मृत्यु



अर्घाखाँची।

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका २, भुवनपाटामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

२२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । लु २ ख ३०३ नम्बरको बस दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ।

प्रकाशित मिति : १२ चैत्र २०८१ बुधबार ००:००  ८ : ०४ बजे