२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

४ दिने एकीकृत पाठ्यक्रम र मूल्यांकन प्रणाली सम्बन्धी तालिम सकियो



सरिता थारु, बाणगंगा।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ६ वडा कार्यालयको सहयोग र लक्ष्मणघाट माध्यमिक विद्यालय लक्ष्मणघाटको आयोजनामा ४ दिने तालिम सम्पन्न भएको छ । कक्षा १ देखि ३ कक्षासम्मको एकीकृत पाठ्यक्रम र कक्षा ४ देखि ८ सम्मको मूल्यांकन प्रणाली सम्बन्धी तालिम संचालन भएको थियो । तालिममा वडा नं. ६ का सामुदायिक विद्यालयका ३० जना शिक्षकहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा वडा अध्यक्ष करुण टण्डन र शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले तालिमको विषयवस्तु, परीक्षा सिद्धिको समय सान्दर्भिक संगै अत्यन्त उपयोगी रहेको बताउनुभयो । तालिमले वडा नं. ६ का सामुदायिक विद्यालयका शिक्षकहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको विद्यालयका प्रध्यानध्यापक कविराज भण्डारीले बताउनुभयो ।

तालिमको प्रशिक्षण शिक्षा विकास तथा समन्वय एकाइका अधिकृत रविन्द्र आचार्य र विद्यालयका प्रध्यानध्यापक। कबिराज भण्डारीले गर्नुभएको थियो । ।समापन कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थपन समिती अध्यक्ष अध्यक्ष हुमनाथ भट्टराईले गर्नुभएको थियो भने, कार्यक्रमको सञ्चालन विद्यालयका सह प्रध्यानध्यापक चेतनाथ पौडलले गर्नुभएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८१ सोमबार ००:००  ८ : ३९ बजे