मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुमा लागु औषध मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत कपिलवस्तुको २०७१ असार ३० गतेको फैसला आदेशअनुसार लागु औषध कसुर मुद्धामा २ वर्ष कैद र एक लाख जरिवाना तोकिएका कृष्णनगर नगरपालिका ३ का राजेन्द्र कुमार अग्रवाललाई प्रहरीले प्रकाउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार कृष्णनगर नगरपालिका वडा नम्बर ३ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो ।
अग्रवाललाई जिल्ला अदालतमा उपस्थित गराई उल्लेखित कैद भुक्तानका लागि जिल्ला कारागार तौलिहवा चलान गरिएको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार कैदीलाई पक्राउ अभियान तिव्र पारेको छ ।
प्रतिक्रिया