मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका ४ जितपुरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेसन सेन्टरले बिद्यार्थी भिसामा जापान जान लागेका बिद्यार्थीलाई सम्मान तथा बिदाई गरेको छ । शनिबार पिस हिमालय रिसोर्टमा भब्य कार्यक्रमकाबिच उनिहरुलाई बिदाई गरिएको हो । सन् २०२५ को अप्रिल इन्टेकमा जापान जानको लागि सिओइ प्राप्त गरि भिसा आएका ४५ जनालाई बिदाई गरिएको संचालक तथा जापनिज भाषा प्रशिक्षक सम्झना क्षेत्रीले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले अध्ययनका लागि जापान जान लागेका सम्पूर्ण विद्यार्थीलाई शुभकामना दिइन् । उनले उच्च शिक्षाका लागि विदेश गएपनि सिप सिकेर नेपालमै आउनुपर्ने बताइन् ।

अहिले बढ्दो बेरोजगारीका कारण दैनिक हजारौ युवाहरु विदेशिन बाध्य भएको भन्दै स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई रोक्नुपर्ने बताइन् । ब्राइट लुम्बिनीले अध्ययनका लागि जापान तथा कोरिया जान चाहेका विद्यार्थीको सपना पुरा गरेको भन्दै धन्यवाद दिइन् ।

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मी मगरले निश्चत समयअवधीमा विदेशमा बसेर सिप तथा दक्षता हासिल गरी नेपाल आएर केहि गर्नु पर्ने बताए । नेपालमै केहि गर्न चाहानेहरुका लागि यहाँपनि प्रसस्त सम्भावना रहेको भन्दै धैर्यताको साथ काम गरेमा सफलता मिल्ने बताए ।
यस्तै ब्राइट लुम्बिनी एजुकेशन सेन्टरका प्रबन्ध निर्देशक असिम क्षेत्रीले आफु र आफ्नो संथालाई विश्वास गरी अध्ययन गर्ने सबैलाई धन्यवाद दिए । उनले विद्यार्थी भिषामा विदेश जाने जोकोहीलाई पनि नआत्तिएर धैेर्यताका साथ काम गर्न सुझाए । लुम्बिनी लर्निङ सेन्टरबाट सुरु भएको यो यात्रा अहिले ब्राइट लम्बिनी एजुकेशन सेन्टर सम्म आएको भन्दै विभिन्न आरोहअवरोह तथा चुनौतीको सामना गरेर अहिले सफलता प्राप्त भएको बताए । क्षेत्रले जापान पुगिसकेपछि हुने क्रियाकलापको बारेमा प्रस्ट पार्नुका साथै यस शैक्षिक संस्थाले अध्यापन गराएर शुल्क लिने काम मात्र नगर्ने भन्दै विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्दै जाने बताए ।

कार्यक्रममा राष्ट्रिय भजन तथा चुट्का संघका लोकनाथ घिमिरे, लोक तथा दोहोरी गायक पूर्ण चन्द्र परियार लगाएतले मन्तब्य राख्दै सम्पूर्ण विद्यार्थीलाई उज्जवल भविष्यको शुभकामना दिएका थिए ।

कार्यक्रममा लोक तथा दोहोरी गायक विनोद परियार, लोक तथा दोहोरी गायक शिव खनाल लगाएतले सांगितिक प्रस्तुती दिएका थिए ।

सोही अवसरमा सम्पूर्ण विद्यार्थी, संस्थाका कर्मचारी, प्रशिक्षक, पत्रकार, कलाकार लगाएत सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।

ब्राइट लुम्बिनी शैक्षिक क्षेत्रमा प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल संस्था हो । यहाँ विशेषगरी जापनिज र कोरियन भाषा अध्ययनका लागि जिल्ला संगै छिमेकी जिल्लाबाट पनि विद्यार्थी आउने गरेका छन् ।
ब्राइट लुम्बिनीले विगतका जस्तै यस पटक पनि शत प्रतिशत सिओई निकाल्न सफल भएको छ । कार्यक्रममा सिओई प्राप्त विद्यार्थीहरुले ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन शैक्षिक क्षेत्रमा अब्बल सावित भएको बताउदै धन्यवाद दिएका थिए ।
कोरियन भाषा प्रशिक्षक माधव घिमिरेको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन संचारकर्मी हरि आचार्यले गरेका थिए ।
प्रतिक्रिया