चारनम्बर ।
बुटवल–गोरुसिङ्गे सडकखण्ड अन्तरगत गठित बाणगंगा नगर स्तरीय नागरिक निगरानी समूहको पहिलो वैठक आज चारनम्बरमा बसेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक खण्ड विस्तारको काम अघि बढेपछि समयमै सम्पन्न गर्न खवरदारी गर्न गठित नागरिक निगरानी समूहको वैठकले विविध निर्णय गरेको छ ।
शुक्रबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा बसेको समूहको वैठकले उक्त सडक खण्डकाे कपिलवस्तु रुपन्देही जिल्लाको सिमा क्षेत्र काेठी देखि कोइली नदी सम्मको सडकको कामको नियमित निगरानी गर्ने, सडक विस्तारकाे कार्य प्रगती विवरणबारे जानकारी लिने, सडक निर्माणको क्रममा मापदण्ड अनुसार गुणस्तरीय काम भए नभएको निगरानी गर्ने, निर्माण कम्पनी, आयोजना तथा स्थानीय सरकारसंग नियमित समन्वय र आवश्यक सहजीकरण गर्ने, निर्माणका क्रममा हुने वातावरणीय प्रदुषणलाई न्यूनिकरणका लागि सम्वन्धित निकायलाई पहल गर्ने र आम नागरिकलाई सुसूचित गर्ने कार्य मुख्य जिम्मेवारी रहेको समूहका संयोजक विष्णु थापाले जानकारी दिनुभयो ।
संयोजक थापाले समूहले सडक विस्तारका क्रममा हुने ढिलासुस्ती र लापरवाहीलाई खवरदारी गर्दै सम्वन्धित पक्षको ध्यानाकर्षण गराउदै जवाफदेही बनाउन समुहले अावश्यक कदम चाल्ने जानकारी दिनुभयाे । वैठकमा समूहका सदस्यहरुले आगामी दिनमा सडक आयोजना, निर्माण कम्पनी र स्थानीय सरकारसंग गर्नुपर्ने कामका बारेमा आ आफना धारणा राखेका थिए । पछिल्लो समय सडक विस्तारको काम दु्रत गतीमा अघि बढेको बारे निगरानी समूहले खुशी व्यक्त गरेको छ । शुरूवाती चरणामा जस्तै निर्माणा कम्पनीले यसै गतीमा काम अघि बढाए नागरिकलाइ सहज हुनेछ समुहका सदस्य हरि अधिकारीले बताउनुभयाे।
साथै समूहलाई सल्लाह सुझाव र प्रभावकारी ढंगले काम गर्नको लागि सल्लाहकार समिति चयन गरेको छ । जसको संयोजकमा वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, वडा अध्यक्षहरु विष्णु प्रसाद पौडेल, सञ्जु कुमार सारु, छविलाल रेश्मी मगर, बाबुराम अर्याल, विष्णु गिरी, नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोख्रेल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री रहनुभएको छ ।
वि.स.२०२० सालमा तत्कालीन राजा महेन्द्रको पालामा निर्माण गरिएको यो सडक ६० वर्षपछि स्तरोन्नति हुदैंछ । बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी ६९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति गरिदैं छ । एसिया स्तरको उक्त सडक स्तरोन्नतिको काम तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया