४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

स्वर्गद्वारी बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित



प्युठान।

जिल्लाका पाँच वटा क्याम्पसमध्ये एउटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ भने चार वटा क्याम्पसमा मतदान चलिरहेको छ । जिल्लाकै पहिलो र ठूलो क्याम्पस स्वर्गद्वारी बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको हो ।

प्युठान नगरपालिका–७ पुण्यखोला स्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसमा निर्वाचनको वातावरण नभएको भन्दै निर्वाचन समितिको सिफारीसमा क्याम्पस प्रशासनले निर्वाचन स्थगित गरेको हो । आगामी चैत १४ गते निर्वाचन गर्ने गरि हाललाई निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्काले बताउनुभयो ।

मल्लरानी गाउँपालिकामा रहेको प्युठान क्याम्पस, प्युठान नगरपालिकामा रहेको झिमरुक क्याम्पस, झिमरुक गाउँपालिकामा रहेको गौमुखी क्याम्पस र स्वर्गद्वारी नगरपालिकामा रहेको अमर क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

जिल्लामा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु (समाजवादी) र अखिल (छैठौं)ले जिल्लाव्यापी गठबन्धन गरेका छन् भने अनेरास्ववियुले एक्लो प्यानल बनाएको छ । गौमुखी क्याम्पसमा अनेरास्ववियुले सवै पदमा छात्रालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१ मंगलबार ००:००  २ : ०५ बजे