४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

आज पनि केही ठाउँमा हल्का वर्षासँगै हावाहुरीको सम्भावना



काठमाण्डौ ।

पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

आज बेलुका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति : ३ चैत्र २०८१ सोमबार ००:००  ८ : १७ बजे