२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ



काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम छन् । उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए ।

तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा आगो लगाएका थिए । कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८१ आइतबार ००:००  १ : १६ बजे