दीपा महत, तौलिहवा ।
आगामी चैत ७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कपिलवस्तु जिल्लाबाट ९ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
जिल्लाका विभिन्न १० वटा पालिकाका सामुदायिक ३१ र ३ संस्थागत गरी ३४ परीक्षा केन्द्रबाट ९ हजार ७ सय ११ विद्यार्थीले परिक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय एकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीले बताए ।
यस वर्ष नियमित तर्फ ८ हजार १ सय ४८, नियमित प्राविधिक धार तर्फ ३ सय ७९, साधारण ग्रेड वृद्धि तर्फ १ हजार १ सय ५० र प्राविधिक ग्रेड बृद्धि तर्फ ३४ जना विद्यार्थीले एसइई दिने मरासिनीले बताए ।
जिल्लाका १ सय ५९ सामुदायिक र ४९ वटा संस्थागत विद्यालयका विद्यार्थीले एसइई दिन लागेका छन् भने अहिले प्राविधिक धारतर्फको परिक्षा केन्द्रे तौलिहवामा रहेको तौलेश्वर माविमा तोकिएको छ । यसैगरी २०७८/७९ को ग्रेट बृद्धिको परिक्षा केन्द्र वेस्ट पोइन्टमा तोकिएको मरासिनीले जानकारी दिए । २०८० को ग्रेड वृद्धि भने आआफ्नो केन्द्रमा तोकिएको छ ।
एसइईको लागि ३४ केन्द्राध्यक्ष, ६३ जना सहायक केन्द्राध्यक्ष, ४ सय ७३ निरिक्षक, ९७ जना परिक्षा सहायक, ५ सय १० सुरक्षाकर्मी र १ सय ८९ जना कार्यालय सहयोगी खटिने छन् ।
शिक्षा विकास तथा समन्वय एकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीले परिक्षाको लागि सम्पूर्ण तयारी पुरा भएको भन्दै ढुक्कका साथ नआत्तिएर परिक्षा दिन सबै विद्यार्थीलाई आग्रह गरे । उनले भने, ‘जानेको कुरा नडराएर सहज वातावरणमा लेख्नुहोला पहिला जानेको बाट लेख्न सुरु गर्नु होला सबै विद्यार्थीलाई शुभकामना दिन चाहान्छु ।’
७ गते विहान ७ बजेबाट सुरुहुने परिक्षा प्राविधिक धारको ग्रेड वृद्धि तर्फको गरी १९ गते सकिने छ ।
प्रतिक्रिया