२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी : २० जनाको ज्यान गयो



एजेन्सी ।

अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा आँधी चलेको छ । हुरीबताससहितको आँधीमा परी कम्तिमा २० जनाको ज्यान गएको उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

मिसौरीमा मात्रै ११ जनाले ज्यान गुमाएका खबरमा उल्लेख छ । मिसौरी र टेनेसीमा चट्याङ र तीब्र गतिको हावा चलेपछि थप सावधानी अपनाउन भनिएको छ । जर्जियाका गभर्नर ब्रायन केम्पले आपतकालको घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१ आइतबार ००:००  ७ : २२ बजे