काठमाण्डौ ।
आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिक बदली अनि बाँकी भागमा मौसम सफा छ । कर्णालीका थोरै तथा सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा आज बिहान मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा समेत भएको छ । ती क्षेत्रका थोरै ठाउँमा दिउँसो पनि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । हावाहुरी, मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन समेत मौसमविद्ले आग्रह गरेका छन् ।
प्रतिक्रिया