२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

राजावादीलाई धक्का दिन समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने



ललितपुर ।

समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ।

केही दिन अघि राजावादीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा बृहत प्रदर्शन गरेकाले त्यसलाई धक्का दिन मोर्चाले उक्त प्रदर्शन गर्न लागेको हो।

आज ललितपुरमा पत्रकार सम्मेलन गरी मोर्चाले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० ले जानकारी दिए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्त्वहरू लागिपरेको जिकिर गरे।

प्रकाशित मिति : १ चैत्र २०८१ शनिबार ००:००  ७ : ११ बजे