२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

१५ चैतसम्म संसद् चल्ने गरी संसदीय क्यालेन्डर तयार



काठमाडौं ।

आगामी १५ चैतसम्म संसद् चल्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ । १५ दिनमा ७ दिन बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शमा संसद् सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार ३ चैत आइतबार पहिलो बैठक बस्नेछ ।

त्यसपछि ४, ६ र ७ चैतमा बैठक बस्नेछ । ७ चैतपछि एक साता बैठक स्थगित हुनेछ । त्यसपछि १३, १४ र १५ चैतमा बैठक बस्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ ।

आइतबार प्रतिनिधिसभामा शून्य समय, विशेष समय चल्नेछ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन. विधेयक, निजीकरण) पहिलो संशोधन विधेयक र आर्थिक तथा व्यवसायिक वातावरण सुधार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव कमशः प्रस्तुत हुनेछ ।

४ चैतमा शून्य समय, आकस्मिकरशून्यरविशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

सुशासन प्रवर्द्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि प्राप्त संशोधन सहित सदनमा दफावार छलफल हुनेछ ।

४ चैतमा नै यी दुई विधेयक पारित गर्ने तयारी छ । ६ चैतमा पनि शुन्य समय, आकस्मिक शून्यरविशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

प्रकाशित मिति : १ चैत्र २०८१ शनिबार ००:००  ७ : ०० बजे