२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते



काठमाण्डाै ।

बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् । डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा गएराति भएको झडपपछि प्रहरीले ५० जनालाई पक्राउ गरेको छ ।

एउटा समूहले अर्को समूहका बालबन्दीलाई बाहिर निस्किन नदिएपछि प्रहरी टोली भित्र जान खोज्दा ढुङ्गामुडा भएको थियो । आज दिउँसो मात्रै प्रहरी बालसुधार गृहभित्र पसेर एउटा समूहको नियन्त्रणमा रहेका अर्को समूहका बालबन्दीलाई मुक्त गरेको छ ।

बालसुधार गृहमा २ सय ५० बालबन्दी रहेका छन् । यही  बालसुधार गृहमा गएको वर्ष पनि झडप भएको थियो । दुई समूहबीच कुटपिट हुँदा एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८१ शनिबार ००:००  ६ : ५४ बजे