२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

नेकपा एसको देशव्यापी समाजवादी अभियान शुरू



काठमाण्डौ ।

नेकपा (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान शुरू गरेको छ ।

आउँदो वैशाख २२ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका सङ्घ–सङ्गठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताउनुभयो ।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञहरूबाट सुझाव सङ्कलन गरिने छ । केन्द्रीय प्रचार विभाग प्रमुख ज्वालाले नागरिकका विकासका चाहना पूरा नभएका बेला उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरूलाई जानकारी गराउन अभियान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १ चैत्र २०८१ शनिबार ००:००  ६ : ५२ बजे