काठमाडौं ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका–१, सानीटारी घर भएका अन्दाजी ३७ वर्षीय अनुज ढकाल रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
शुक्रबार साँझ साढे ७ बजे बिपी चोकस्थित सडकखण्डमा बा ५ ख ११६८ नम्बरको टिपरले बा १२ च २६९७ नम्बरको बोलेरो गाडीलाई टुचिन लगाएर गोकर्णतर्फ लानेर ल्याउँदै थियो ।
त्यसक्रममा बा ४८ प ३६४० नम्बरको मोटरसाइकल टिपरसँग ठोक्किएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले बताए । उनका अनुसार, दुर्घटना भएलगत्तै उनलाई थप उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो । यद्यपि, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सवारीसाधन टिपर र बोलेरो गाडी प्रहरी बिट, जम्मुडाँडाको नियन्त्रणमा छन् । चालक अशोक रोक्का पनि प्रहरी हिरासतमा छन् ।
बोलेरो चालक सरोज तामाङ फरार रहेकोमा बौद्ध प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ । थप अनुसन्धान भइरहेको छ ।
शनिबार बिहान अन्दाजी साढे ४ बजे काठमाडौंको तिनकुनेमा पनि टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
प्रतिक्रिया