३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

जिपको ठक्करबाट वृद्धको मृत्यु



नेपालगन्ज ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । सडक छेउमा पैदल यात्रा गरिरहेका थारूलाई प्र.२०३ ००१ च। ३९९२ नं। जिपले ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ३० फाल्गुन २०८१ शुक्रबार ००:००  ४ : २७ बजे