२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

सभामुखका पीएसओ बोहोराको सवारी दुर्घटनामा मृत्यु



काठमाडौँ ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) सई योगेन्द्र बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको छ ।

धनगढी–अत्तरिया सडकअन्तर्गत गोदावरी नगरपालिका–२ मा उनी सवार स्कुटर सोमबार दिउँसो अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा गम्भीर घाइते ३४ वर्षीय सई बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१ सोमबार ००:००  ६ : ५९ बजे