३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

पूर्वयुवराज पारस शाहलाई हृदयघात



काठमाडौँ ।
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।

पूर्वराजा निकट स्रोतले गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बतायो । पूर्वराजाका एक सहयोगीले भने, ‘हर्ट अट्याक ९हदयघात० भएपछि उहाँलाई नर्भिक लगिएको हो । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।’

पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो ।

त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को एक पटक पनि हृदयघात भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१ सोमबार ००:००  ६ : ३५ बजे