१८ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025

गुल्मीमा नाबालिका करणी आरोपमा एकजना पक्राउ



गुल्मी ।

गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई गरेको छ । पक्राउ पर्नेमा रूरूक्षेत्र गाउँपालिका १ का ५७ वर्षीय पर्शुराम पौडेल छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पौडेलमाथि अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी १४ वर्षीय बालिकालाई करणी गरेको आरोप छ । उनले ती नाबालिकालालाई आफ्नो संरक्षणमा राखी पालन पोषण गर्न भनी राखेका थिए ।

पौडेलले संस्थाबाट १५ मंसिर, २०७६ मा उनलाई आफ्नो घरमा लिई गई पालन पोषण गर्दै आएका थिए । जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१ शुक्रबार ००:००  ७ : १९ बजे