३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

वन अतिक्रमण गरेर बनाइएका टहरामा डोजर



झापा ।

झापाको वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआलीमा रहेको प्रगति सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका १८ वटा अस्थायी टहरा हटाएको छ ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको ठाउँमा तरकारी र माछामासु बजार सञ्चालन गर्दै आएकाहरूले बितेको १८ वर्षदेखि अनधिकृत अस्थायी संरचना बनाएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वनरक्षक टोली परिचालन गरी आज अतिक्रमण हटाएर वन क्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो ।

तीन पटक सार्वजनिक सूचना र पटक–पटक छलफल गर्दासमेत अतिक्रमण नहटाइएपछि बाध्य भएर वन क्षेत्र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको राईले बताउनुभयो । अतिक्रमित ठाउँका सालका रुख सुकेर उजाड बनेका छन् भने बजार क्षेत्रका बासिन्दाले सीमा मिचेर पक्की संरचना बनाएका छन् । रासस

प्रकाशित मिति : ३ फाल्गुन २०८१ शनिबार ००:००  ७ : ५२ बजे