मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुमा ट्रक र कार एक आपसमा ठोक्किदा तीन जना घाइते भएका छन । शनिबार दिउँसो करिव साढे चार बजे शिवराज नगरपालिका १ बेलौतीमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना २ च ३५ २० नम्बरको कार र विपरित दिशाबाट जाँदै गरेको प्र. २ ०३००१ ख २५०३ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा कारमा सवार पोखरा महानगरपालिका १५ का विरेन्द्र केसी र सोही ठाँउकै ५० वर्षिय सोम गुरुङ घाईते भएका छन् । । केसीको दाइने खुट्टामा र गुरुङको मुखमा चोट लागेको छ ।
यस्तै ट्रक चालक मोरङका ३१ वर्षिय धन कुमार राईको खुट्टामा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक सुसन विक्रम शाहले बताए । घाइते तिन जनाकै सञ्जिवनी अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिक्रिया